logo
  • १२ असार २०८३, शुक्रबार | Fri, 26 Jun 2026
  • टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६ हुँँदै

    • heralokhabar heralokhabar
    • १२ असार २०८३ शुक्रबार
    टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६ हुँँदै

    हेरालाे खबर

    काठमाडौ | नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (KVSC) तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा, नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) को मार्गदर्शनमा आयोजनामा “टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” हुने चएकाे छ | बालुवाटार स्थित रोयल एम्पायर बुटिक होटलमा शुक्रबार पत्रकार सम्मेलन गरि कार्यक्रमकाे बारेमा जनकारी गरएका हुन् |

    “टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” प्रतियोगिता २०२६ जुलाई ११ र १२ (असार २७ र २८, २०८३) मा गेटवे एड्‌भेन्चर हब क्लाइम्बिङ सेन्टर, जगडोल-४, गोकर्णेश्वर, काठमाडौं मा आयोजना हुनेछ । Opening Ceremony बिहान २०२६ जुलाई ११ ७:०० बजे र Award Ceremony २०२६ जुलाई १२, दिनको ४ बजे हुनेछ।

    नेपालमा ओलम्पिक विधाको रूपमा विकास भइरहेको क्लाइम्बिङ खेलको प्रवर्द्धन तथा प्रचारप्रसारमा सञ्चार क्षेत्रले पुऱ्याउँदै आएको महत्वपूर्ण योगदानप्रति आयोजक एसोसिएसन आभारी प्रकट गरे ।

    प्रतियोगिताको सफल आयोजनाका लागि महत्वपूर्ण सहयोग प्रदान गर्नुहुने बागमती प्रदेश खेलकुद विकास परिषद्‌का सदस्य सचिव श्री दीपक लामाज्यू प्रति विशेष हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। परिषद्‌को संस्थागत सहयोग तथा खेलकुद विकासप्रतिको प्रतिबद्धताले बागमती प्रदेशमा क्लाइ‌म्बिङ खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुगेको छ।

    यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन, तथा युवा पुस्तालाई साहसिक तथा स्वस्थ खेल गतिविधितर्फ आकर्षित गर्ने रहेकाे बताए ।

    प्रतियोगिताका विधाः

    १. टप रोप क्लाइम्बिङ (Top Rope Climbing)

    दर्ता शुल्कः रु. ५००

    खुला प्रतिस्पर्धा

    शुरुवाती तथा नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य

    २. लिड क्लाइम्बिङ (Lead Climbing)

    दर्ता शुल्कः रु. २,५००

    पुरुष तथा महिला खुला प्रतिस्पर्धा

    नेपाली नागरिक हुनुपर्ने

    उमेर १७ वर्ष वा सोभन्दा माथि हुनुपर्ने



    heralokhabar heralokhabar    
  • १२ असार २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP