हेरालाे खबर
काठमाडौ | कर्णाली शिवराजले लगातार दोश्रो जित दर्ता ग¥यो । २ खेल खेलेको कर्णालीले खप्तड फाल्कन्सलाई सीधा सेटमा ३–० ले हरायो । कर्णालीले तीनै सेट समान २५–१९ ले जित्यो ।
कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ चुनिए ।
पहिलो खेलमा कर्णालीले अन्नपूर्णलाई ३–१ ले पाखा लगाएको थियो । २ खेल नै खेलेको खप्तड लगातार दोश्रो खेलमा चुक्यो । सुरुमा खप्तड सगरमाथा स्म्यासर्ससंग पनि ३–० कै सोझो सेटमा निराश भएको थियो । प्रतियोगिताअन्तर्गत सोमबार मधेश वारियर्स र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीबीच खेल हुनेछ ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।

प्रतिक्रिया