logo
  • ४ आश्विन २०८३, आईतवार | Sun, 20 Sep 2026
  • इम्पेरियल वल्र्ड सेमिफाइनलमा

    • heralokhabar heralokhabar
    • २३ भाद्र २०८३ मंगलवार
    इम्पेरियल वल्र्ड सेमिफाइनलमा

    हेरालाे खबर

    काठमाडौ | आयोजक इम्पेरियल वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


    बूढानीलकण्ठस्थित घरेलु कोर्टमा इम्पेरियलले त्रियोगलाई २१–८ ले पराजित ग¥यो । इम्पेरियलका प्रज्ञान तामाङ र आयन श्रेष्ठले समान ६–६ अंक जोडे । सेमिफाइनलमा इम्पेरियलको भेट डाफोडिलसंग हुनेछ ।
    सिनियर ब्वाइजमा निस्टले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । निस्टले इम्पेरियललाई ३९–१८ ले हरायो ।  निस्टका समन कार्कीले १३ स्कोर गरे । निस्टले मेरिडियन इन्टरनेसनल स्कुललाई सेमिफाइनल प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।
    सिनियर ब्वाइजकै समूह चरणको अर्को खेलमा जेम्सले युरो, बानियाँटारलाई १९–११ ले पाखा लगायो । जेम्मका अभेन राजले ८ अंक जोडे ।
    सिनियर गल्र्समा निस्टले डाफोडिलमाथि २३–१९ को जित दर्ता ग¥यो । निस्टकी श्रृटिले १० स्कोर गरिन् । सिनियर ब्वाइजमा न्यु मिलिनियम र संस्कृति इन्टरनेसनल स्कुल तथा जुनियर ब्वाइजमा न्यु मिलिनियम र डिभाइनबीचको खेल वर्षले गर्दा स्थगित भयो । दुवै खेल मंगलबारलाई सारिएको छ । उक्त दुई खेलसंग समूह चरणका सम्पूर्ण खेल सकिने छ ।



    heralokhabar heralokhabar    
  • २३ भाद्र २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP