logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • कस्तो रहने छ ? आजको मौसम पूर्वानुमान

    कस्तो रहने छ ? आजको मौसम पूर्वानुमान

    काठमाडौँ , हेराल खबर

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौस विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकको छ।

    महाशाखाका अनुसार हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    त्यस्तै कोशी प्रदेशका केही स्थान तथा मधेश र  बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, राति गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ।



    Heralo Reporter Heralo Reporter    
  • १० भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP