logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • लोकेश लिम्बुको नेतृत्वमा २३ सदस्यीय प्रेस सेन्टर उपत्यका प्रदेश समिति निर्विरोध चयन

    • heralokhabar heralokhabar
    • १३ फाल्गुन २०८१ मंगलवार
    लोकेश लिम्बुको नेतृत्वमा २३ सदस्यीय प्रेस सेन्टर उपत्यका प्रदेश समिति निर्विरोध चयन

     

    लोकेश लिम्बुको नेतृत्वमा २३ सदस्यीय प्रेस सेन्टर उपत्यका प्रदेश समिति निर्विरोध चयन

    काठमाडौं । लोकेश लिम्बुको नेतृत्वमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समिति निर्विरोध चयन भएको छ । काठमाडौंमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

    लिम्बु यस अघि कार्यसमितिको उपाध्यक्ष थिए । निवर्तमान बरिष्ठ उपाध्यक्ष सागर पन्त र लिम्बुविच अध्यक्षका लागि दाबी कायम रहेपछि आइतबार नेतृत्व चयन हुन सकेको थिएन । अन्तिम समयमा पन्तले अध्यक्षको दाबी छोडेपछि लिम्बु निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

    समितिको उपाध्यक्षमा बुद्ध योन्जन, उपाध्यक्ष समावेशीमा श्याम तण्डुकार र उपाध्यक्ष महिलामा सरिता थापा चयन र महासचिवमा रोशन क्षेत्री चयन भएकाे छ | यस्त‌ेै समितिको सचिव खुलामा सुवास शर्मा र भिमराज खड्का, सचिव जनजातिमा बाबुकाजी श्रेष्ठ, सचिव महिलामा शारदा घिमिरे, सचिव दलितमा बिक्रम रत्न र कोषाध्यक्षमा कुबेर दाहाल निर्विरोध चयन भएका छन् ।

    कार्यसमितिको सदस्यमा नुराज कँडेल, सूर्य खड्का, शम्भु दंगाल, कृष्ण अधिकारी, शिवबिक्रम शाह, सुरेश श्रेष्ठ, विवेक गुरुङ, रमिला योन्जन, अप्सरा सिग्देल, नारायण लिंखा देवान, लिलामाया ठटाल र रोशनकुमार सिंह निर्विरोध चयन भएका छन् ।

    उपत्यका प्रदेश समितिकै अनुशासन समितिको संयोजकमा रामशरण काफ्ले र सदस्य शिवहरि खनाल, लेखा समितिको संयोजकमा सुधीर पन्थी र सदस्यमा शिवप्रसाद बन्जारा र शिवराज ढकाल निर्विरोध चयन भएका छन् । यसअघि उपत्यका समितिको अध्यक्ष नवराज दाहाल थिए । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको दोस्रो अधिवेशनको आइतबार बिहान नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका थिए ।

     



    heralokhabar heralokhabar    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP