logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • काभा भलिबलमा नेपाल पुलिस क्लब च्याम्पियन

    • heralokhabar heralokhabar
    • ६ आश्विन २०८१ आईतवार
    काभा भलिबलमा नेपाल पुलिस क्लब च्याम्पियन

    हेरालो खबर २०८१ असोज ६ गते आइतबार

    काठमाडौँ। काभा भलिबलमा नेपाल पुलिस क्लब च्याम्पियनसिप बनेको छ । उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले भाका महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको हो ।

    मालदिभ्सको मालेमा शनिवार भएको फाइनलमा पुलिसले हुमोमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको हो।

    पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यस क्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यही सेटमा पराजित गरेको थियो। पुलिसले पहिलो सेट २५–१६ ले सहजै जितेको थियो। तर, त्यसपछिका दुई सेट भने पुलिसलाई सहज भएन।

    प्रारम्भिक चरणमा कमजोर प्रदर्शन गरेको हुमोले यसपल्ट भने सुधारिएको प्रदर्शन गर्‍यो। दोस्रो सेट पुलिसले जित्यो। तर, उसले कडा सङ्घर्ष गर्दै उक्त २५–२२ ले आफ्नो पक्षमा बनायो। तेस्रो तथा अन्तिम सेट पनि पुलिसले सङ्घर्ष गर्दै २५–२३ ले आफ्नो बनाएको हो



    heralokhabar heralokhabar    
  • ६ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP