logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

    • heralokhabar heralokhabar
    • ७ पुष २०८१ आईतवार
    नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा

    हेरालाे खबर

    काठमाडौं|  नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो ।

     

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरू भएको दोस्रो मिनेटमै नेपालका लागि सुशील केसीको गोलमार्फत सुरूआती अग्रता लिएको थियो । भुटान डिफेन्डरको खराब क्लियरेन्सको फाइदा उठाउँदै सुशीलाले वान टर्चमा डिबक्स बाहिरबाट टप कर्नरमा गोल गरिन् ।

     

    तर, उक्त अग्रतालाई कायम राख्न नसक्दा नेपाल बराबरीमा रोकियो । निर्धारण समय सकिन नौ मिनेट बाँकी रहँदा फुन्टोस छोडेनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन् । उनले प्रीया घलेको क्रसमा उनले गोल गरेकी थिइन् ।



    heralokhabar heralokhabar    
  • ७ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP