logo
  • २१ माघ २०८२, बुधबार | Wed, 04 Feb 2026
  • जाने हैन त रोल्वालिङ पदयात्रा : दूधकुण्ड र चोरोल्पा फाेटाे फिचर 

    • heralokhabar heralokhabar
    • ३ पुष २०८२ बिहीबार
    जाने हैन त रोल्वालिङ पदयात्रा : दूधकुण्ड र चोरोल्पा फाेटाे फिचर 

     

    सङ्गे शेर्पा

    दोलखा | दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने रोल्वालिङ गाउँ अहिले बाहय र आन्तरिक पर्यटकको आकर्षणकोे केन्द्रबिन्दु बनेको छ।

    रोल्वालिङ गाउँ प्राकृतिक र धार्मिक महत्वले भरिपुर्ण रहेको गाउँ समुद्री सतहदेखि करिब ४२०० मिटर उचाइमा अवस्थित छ। गौरीशंकर हिमालको काखैमा रहेको यो गाउँमा मुख्यतः शेर्पा समुदायका मानिसहरूको बसोबास छ। रोल्वालिङ गाउँलाई हिमआरोहीको नामले परिचित छ ।

    सो पदयात्राको मार्ग सामान्यतः सिमीगाउँबाट सुरु भई सुर्मुचे, डोनङ,थाङ्दिङ, बेदिङ र ना गाउँ हुँदै छो–रोल्पा र धार्मिक दूधकुण्ड पुग्न सकिन्छ । समुद्र सतहबाट ४५८० मा रहेको चोरोलपा र दूधकुण्ड र नजिकैबाट हिमश्रृङ्खलाको आनन्द लिन सकिन्छ ।

    हिमाली भू–दृश्य, हिमश्रृङ्खाला हिमनदी, शेर्पा समुदायको बस्ती र संस्कृतिलाई नजिकैबाट एकैसाथ देख्न सकिने यो पदमार्ग साहसिक पर्यटकका लागि मात्र होइन, जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव बुझ्न चाहनेहरूका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य हो।

    रोल्वालिङ पदयात्रामा प्रायः वर्षको चैत्र वैशाख जयेष्ठ र भाद्र असोज र कार्तिकमा पर्यटककोे आवातजावत धेरै हुनेगर्दछ।



    heralokhabar heralokhabar    
  • ३ पुष २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP