logo
  • २९ मंसिर २०८२, सोमबार | Mon, 15 Dec 2025
  • काठमाण्डू लिजेंड्सको जिरी मेनिया रोयल एनफिल्ड रयाली कार्यक्रम हुने

    • heralokhabar heralokhabar
    • ८ चैत्र २०८१ शुक्रबार
    काठमाण्डू लिजेंड्सको जिरी मेनिया रोयल एनफिल्ड रयाली कार्यक्रम हुने

    काठमाण्डू लिजेंड्सको जिरी मेनिया रोयल एनफिल्ड रयाली कार्यक्रम हुने
    नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरी नगरमा यस काठमाण्डू लिजेंड्सद्वारा यहि आउँदो चैत्र १५ देखि १७ गते सम्म जिरी मेनिया – २०२५ नामको बृहत कार्यक्रम आयोजना गर्न लागेको व्यहोरा अवगत गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं।
    नेपालका विभिन्न जिल्लाहरु, मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरु, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरुबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर आउने २०० बढी पर्यटकहरु सम्मिलित हुने यस कार्यक्रममा सहभागीहरुलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरुले स्वागत गर्नेछन। कार्यक्रम अवधिमा सहभागीहरु जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन भने स्थानीय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तीका प्रख्यात गीत संगीतहरुको मरोरंजन लिने , स्थानीय परिकारहरुको स्वाद लिने, कोशेली स्वरुप स्थानीय उत्पादनहरु खरिद गर्नेछन। कार्यक्रम अवधिमा जिरीमा रहेका होटेलहरुमा बाँडेर रही आपसी भाइचारा साटासाट र स्थानीय बासिन्दाहरुसंग सम्बाद र मित्रता पनि कायम राख्ने छन्।
    न्युनतम दर्ता शुल्क तोकिएको यस कार्यक्रम अवधिभर जिरी शहरमा आयोजना हुने विभिन्न खेल र सांस्कृतिक क्रियाकलापहरुमा स्थानीय बासिन्दा र अन्य पर्यटकहरुलाई नि:शुल्क रुपमा प्रवेश दिइने भएकोले हजारौंको संख्यामा स्थानीय बासिन्दा र अन्य पर्यटकहरु पनि संगसंगै मनोरंजन लिने छन्।
    हामी आशा गर्दछौं, यस कार्यक्रमले जिरी भ्रमण वर्ष – २०२५ लाइ टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रवर्द्धन हुने, देश बिदेशमा प्रख्यात स्थानीय चीज, बटर लगायतका अन्य कृषीजन्य उपजहरुको प्रचार प्रसार हुने र स्थानीय आर्थिक क्रियाकलापमा पनि सघाउ पुर्याउने छ । सभवत: जिरीको इतिहामा नै पहिलो पटक हुन लागेको यस प्रकारको मोटरसाइकल पर्यटनलाइ साथ सहयोग प्रदान गर्नु हुने जिरी नगरपालिका परिवार, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं। त्यसै गरी कार्यक्रमका प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा लि र रोयल एनफिल्ड लगायत भौतिक तथा आर्थिक रुपमा सहयोग प्रदान गरी साथ दिनु हुने अन्य सम्पुर्ण व्यक्ति तथा संघ संस्थाहरु प्रति आभार ब्यक्त गर्न चाहन्छौं।



    heralokhabar heralokhabar    
  • ८ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP