logo
  • २७ मंसिर २०८२, शनिबार | Sat, 13 Dec 2025
  • तमु धिं नेपाल कास्की जिल्ला अध्यक्षमा प्रेम बहादुर गुरुङ सर्वसम्मत

    • heralokhabar heralokhabar
    • २५ असार २०८२ बुधबार
    तमु धिं नेपाल कास्की जिल्ला अध्यक्षमा प्रेम बहादुर गुरुङ सर्वसम्मत

    तमु धिं नेपाल कास्की जिल्ला अध्यक्षमा प्रेम बहादुर गुरुङ सर्वसम्मत
    पोखरा | तमु धिं नेपालको पोखरा १२ चापापानीस्थित चिउली पाचे तमु समाजमा भव्यताका साथ सम्पन्न कास्की भेलाले मिरुवा तमु सम्मजका निवर्तमान अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय कास्की जिल्ला समिती गठन गरेको छ।

     

    o
    समितिको प्रथम उपाध्यक्षमा जनकल्याण तमु समाजका यज्ञ प्रसाद गुरुङ, द्वितीय उपाध्यक्षमा चिउली पाचे तमु समाजकी लक्ष्मी गुरुङ, सचिवमा नादा तमु समाजकी रेशु गुरुङ, सहसचिवमा फिर्के तमु समाजकी कृष्ण माया गुरुङ, कोषाध्यक्षमा घाचोक लाम्छाने तमु समाजकि रामकुमारी गुरुङ, सहकोषाध्यक्षमा शान्तिरुपा तमु समाजकी हुमाया गुरुङ चयन हुनुभएको छ।
    यसरी नै सदस्यहरुमा बिजय गुरुङ, थममाया गुरुङ, सोम गुरुङ, डमरबहादुर गुरुङ, रेखमान गुरुङ, प्यारी गुरुङ, गिरेन्द्र गुरुङ, राजु गुरुङ, सुमे जितबहादुर गुरुङ, गोपीमान गुरुङ, रक्षे गुरुङ, हिमाली गुरुङ, उषा गुरुङ, कृष्ण कुमारी गुरुङ, रोशनी गुरुङ, ओमप्रसाद गुरुङ रहनुभएको छ।
    सल्लाहकारहरुमा कृष्ण बहादुर गुरुङ, चम्पासिंह गुरुङ, टिकाबहादुर गुरुङ, बेलबहादुर गुरुङ, क्याप्टेन मन्त्रीजंग गुरुङ रहनुभएको छ।
    नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर गुरुङले कस्केली सम्पुर्ण गुरुङलाई गोलबन्द गराउन कृयाशील रहने प्रतिवद्दता ब्यक्त गर्नु भएको थियो।
    यस अघि जिल्ला भेलाको उद्घाटन गर्ने हुँदै प्रमुख अतिथी प्रतिधिसभा सदस्य माननीय मनबहादुर गुरुङले तमु एकता, क्षमतावान तमु समुदाय, चेतनशील तमु समुदायका लागि हाम्रो अभियान आवाश्यक छ भन्नुभयो।
    विशेष अतिथी तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अनुशासन बिभागका प्रमुख तथा चारभन्ज्याङ तमु समाजका सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले तमु धिं नेपालको आजिवन सदस्यता ग्रहण गर्नुहुदै तमु एकता र राजनितिक चेतना अपरिहार्य भएकोमा जोड दिनुभयो।
    केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा तमु धिं स्याङ्जाका अध्यक्ष बेलकुमार गुरुङ, बौद्ध अर्घौ सदनका अध्यक्ष रुद्रबहादुर घले, चिउली पाचे तमु समाजका अध्यक्ष क्याप्टेन सम्शेर गुरुङले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो।
    कार्यक्रममा तमु धिं नेपालका भाषा, साहित्य, सँस्कृती बिभाग प्रमुख कृष्ण कुमार गुरुङले भेलाको उद्देश्य र आवाश्यकताबारे प्रष्ट्याउनुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, संचालन महासचिव जुनाकुमारी गुरुङ र सचिव जुमकाजी गुरुङले गर्नुभएको थियो। कार्यक्रममा चिउली पाचे तमु समाज, खिलाङ तमु समाज, तमु धिं नेपाल युवाका कलाकारहरुले बिबिध सांस्कृतिक प्रस्तुती सहित मनोरञ्जन दिलाएका थिए।



    heralokhabar heralokhabar    
  • २५ असार २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP