हेरालो खबर
काठमाडौं । नेपाली बजारमा लिपमोटरको नयाँ मोडल ‘बी१०’ ईभी गाडी भित्रिएको छ ।
नेपालका लागि उक्त गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बुधबार ‘स्निक प्रिभ्यू’ कार्यक्रम आयोजन गर्दै गाडी आइसकेको र नाइमा एक्स्पोमा औपचारिक रूपमा सार्वजनिक हुने बताएको हो ।

नेपालमा पहिलो पटक भित्र्याउन लागिएको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले गरेको छ । ६७.१ किलोवाट आवर ब्याट्री सहितको यो मोडेलले एकपटक चार्ज गर्दा ४६० किलोमिटरसम्म मज्जाले कुद्ने कम्पनीको दाबी छ । यसमा जडान गरिएको १६० किलोवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ ।
साथै, यो गाडीले युरोपेली एसीएपीको ५स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिने कम्पनीले बताएको छ । आकर्षक डिजाइन, स्मार्ट फिचरहरू समावेश भएको यस गाडीले उत्कृष्ट ड्राइभिङ अनुभवको प्रदान गर्ने कम्पनीले बताएको छ ।
लिपमोटर ८१० को औपचारिक लन्च तथा प्राईस रिभिल आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा गरिने कम्पनीले जानकारी दिएको छ । यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० को आयोजनामा साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।
कम्पनीले गाडीको मूल्य एक्सपोमै घोषणा गर्ने बताउँदै मूल्य भने ६० लाखभन्दा कम हुने गरी सार्वजनिक गर्ने बताएको छ । यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउने कम्पनीको दाबी छ ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले यो गाडीका प्रयोगकर्तालाई सानदार अनुभूतिको प्रदान गर्ने बताए । ‘यो गाडीले के दिन सक्छ भन्ने कुराको आज झलक मात्र हो, डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साँच्चिकै पर्फेक्ट १० हो,’ उनले भने । यो गाडीलाई नाइमा एक्स्पोमा प्रस्तुत गर्न पाउँदा उत्साहित रहेका बताउँदै यो गाडीले ग्राहकको ईभीप्रति सोचाइ परिवर्तन गर्ने विश्वस्त समेत व्यक्त गरे ।
प्रतिक्रिया