logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • शिक्षा ऐन र शिक्षा नियमावली सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    • heralokhabar heralokhabar
    • २१ पुष २०८१ आईतवार
    शिक्षा ऐन र शिक्षा नियमावली सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    शिक्षा ऐन र शिक्षा नियमावली सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ मा रहेको सल्यानकोट माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    सल्यानकोट माध्यमिक विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक सघंको संयुक्त आयोजनामा गाउँपालिका स्तरिय माध्यमिक तहको अन्तर समिति हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शम्भु थापाको अध्यक्षतामा आयोजित प्रतियोगितामा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ अन्र्तगतको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अविभावक संघ र विद्यालय समबन्धी र नेपालको संविधान तथा स्थानीय सरकार सन्चालन ऐन २०७४(शिक्षा सम्बन्धि मात्र) र सामान्य ज्ञान तथा समसामयिक बिषयबारे प्रश्नोत्तर गरिएको विद्यालयका शिक्षक महेश अर्यालले जानकारी दिनुभयो ।

    प्रतियोगितामा गाउँपालिका भित्रको ८ वटा माध्यमिक विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक सघं सहभागी भएका थिए । प्रतियोगितामा विजेता टिमलाई बधाई दिंदै प्रमुख अतिथि पालिका उपाध्यक्ष देबराज धरेलले यो कार्यक्रम नयाँ भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । प्रतियोगितामा रानीपौवा मा.वि प्रथम, त्रिपुरासुन्दरी मा.वि द्वितीय, महेन्द्रोदय मा.वि तृतीय र सल्यानकोट मा.वि सान्त्वना भएको शिक्षक अर्यालले बताउनुभयो ।

    प्रतियोगितामा बिद्यालयको विद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक सघं मध्येबाट जनप्रतिनिधि तथा कर्मचारी बाहेक कम्तीमा तीन जना सहभागी हुन पाउने नियम बनाईएको थियो ।



    heralokhabar heralokhabar    
  • २१ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP