logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • उसु महासङ्घलाई बदनाम गर्ने नियतले विभिन्न गैर कानुनी गतिविधिहरू रोक्न गम्भीर ध्यानाकर्षण

    • heralokhabar heralokhabar
    • २६ माघ २०८१ शनिबार
    उसु महासङ्घलाई बदनाम गर्ने नियतले विभिन्न गैर कानुनी गतिविधिहरू रोक्न गम्भीर ध्यानाकर्षण

    हेरालो खबर
    उसु महासङ्घलाई बदनाम गर्ने नियतले विभिन्न गैर कानुनी गतिविधिहरू महासङ्घको गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्ति निकालेको छ । नेपाल उसु महासङ्घ राष्ट्रिय खेलकुद विकास लाई ठेस पु¥याउने हेतुले विभिन्न गैर कानुनी हरकत गरेको आपत्ति जनाएका हुन ।
    नेपाल उसु महासङ्घ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार २०७९ साल १२ मा ४ गते सम्पन्न वैधानिक निर्वाचनमार्फत निर्वाचित भएको हो। यसबारे खेलाडी, प्रशिक्षक, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल ओलम्पिक कमिटी सबै जानकार छन्।
    तर, हाल महासङ्घलाई बदनाम गर्ने नियतले विभिन्न गैर कानुनी गतिविधिहरू भइरहेका छन्, जस प्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ। मिति २०८१ माघ २५ गते राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको कार्यकक्षमा नेपाल उसु महासङ्घलाई बदनाम गर्ने उद्देश्यले गुण्डागर्दी गरिएको घटनाको महासङ्घ घोर निन्दा गर्दछ। महासङ्घको लेटर हेड र छापको दुरुपयोग गर्दै गैर कानुनी कार्यहरू भइरहेका थियो । जसलाई उच्च अदालतले २०८० भदौ १३ गते गैर कानुनी ठहर गरिसकेको छ।
    नेपाल ओलम्पिक कमिटीले उसु महासङ्घसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई महासङ्घको प्रतिनिधि बनाएर निर्वाचनमा सहभागी गराएको छ। महासङ्घले पटक–पटक जानकारी गराउँदा पनि अटेर गरिएको छ, जसबारे उच्च अदालतमा मुद्दा दायर भइसकेको छ।
    नेपाल उसु महासङ्घ उसु खेललाई बदनाम गर्ने गतिविधि तुरुन्त रोक्न आग्रह गर्दछ। महासङ्घको नाम बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने कार्य बन्द गर्न चेतावनी दिँदै,  रा खे प मा  तोडफोड गर्ने टोले गुन्डाहरूको झुन्डलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै, घटनाबारे आधिकारिक रूपमा विज्ञप्ति प्रकाशित गरिएको हो ।
    नेपाल उसु महासङ्घ उसु खेलको गरिमा रक्षा गर्न प्रतिबद्ध छ र कुनै पनि अवैधानिक तथा अनैतिक क्रियाकलापलाई सह्य गर्ने छैन।
    नेपाल उसु महासङ्घ
    मिति २०८१ माघ २५
    विज्ञप्ति



    heralokhabar heralokhabar    
  • २६ माघ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP