logo
  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • वैदेशिक रोजगारीमा जानेको संख्या गतवर्ष हालसम्मकै उच्च

    • heralokhabar heralokhabar
    • ३ श्रावण २०८२ शुक्रबार
    वैदेशिक रोजगारीमा जानेको संख्या गतवर्ष हालसम्मकै उच्च

    हेरालो खबर

    काठमाडौं । गत आर्थिक बर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हाल सम्मकै उच्च देखिएको छ । वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा आठ लाख ३९ हजार २६६ जना नेपाली वैदेशिक रोजगारमा गएको छ ।

    बिभागले जारी गरेको श्रम स्वीकृतिका आधारमा यस्तो देखिएको हो । त्यसमा सात लाख ४४ हजार ८११ जना पुरुष कामदार रहेका छन् । ९४ हजार ४५५ जना महिला कामदार छन् । वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम स्वीकृति अनिवार्य रुपमा लिनुपर्छ । यसका लागि विभागले सजिलै सँग श्रम स्वीकृति लिने ब्यवस्था गरेको छ । सबै क्षेत्रमा प्रविधिको प्रयोग गर्ने भन्दै अहिले अनलाइन फम भरेमा सजिलै काम गर्न सकिने ब्यवस्था गरेका छन् ।

    गत आवमा पुनः श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या तीन लाख ३३ हजार ३०९ रहेको छ । बिभिन्न माध्यमबाट नयाँ श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या पाँच लाख पाँच हजार ५७ जना रहेका छन् ।

    शैक्षिक, आवासयीय, भ्रमण भिसा बाहिर गएर उतै बस्नेको संख्या यसमा छैन । श्रम स्वीकृति लिएर जाने कामदार मात्रै यतिका देखिएका हुन् ।

    यसअघि आव २०७९–८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका थिए, त्यसबेलासम्मका लागि त्यो नै उच्च थियो । अघिल्लो आवमा २०८०–८१ मा भने सात लाख ४१ हजार २९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आवमा त्यो भन्दा १३।२१ प्रतिशत बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जुन हालसम्मको उच्च पनि हो । यो बाहेक इजरायलमा थप ६२५ जना नेपाली कामदार गएका छन् ।

    तथ्यांकअनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

    यस्तै, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, बैशाखमा ७८ हजार ५०, जेठमा ७४ हजार ४६७ र असारमा ७८ हजार ८८० जना नेपाली वैदेशिक रोजागरीमा छन् ।



    heralokhabar heralokhabar    
  • ३ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP