logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न चीनको चासो

    • Heralo Reporter Heralo Reporter
    • २० भाद्र २०८१ बिहीबार
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न चीनको चासो

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न चीनको चासो

    • पोखरा न्यूज
    • २०८१ भाद्र २०
    • 21Shares
      facebook sharing button
      twitter sharing button
      messenger sharing button
      whatsapp sharing button
      viber sharing button
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न चीनको चासो

    पोखरा , हेरालाे खबर

    चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा चासो देखाएको छ ।
    चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच भएको भेटवार्ताका क्रममा चिनिया पक्षले यस विषयमा चासो देखाएको हो ।

    चिनिया पक्षले पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्समध्येको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।

    चीनको ग्वाङजाओबाट हाल काठमाडौँमा नियमित रूपमा उडान भर्दै आएको एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारको प्रशंसा गरेको थियो ।

    चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, “तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्नेमा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।”

    मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पारे ।

    साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए ।

    यसैगरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत बताइएका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • २० भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP