logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • स्याङ्जामा ‘एक चिहान’ नाटक मञ्चन

    • Heralo Reporter Heralo Reporter
    • ९ कार्तिक २०८१ शुक्रबार
    स्याङ्जामा ‘एक चिहान’ नाटक मञ्चन

    स्याङ्जा , हेरालाे खबर

     पोखरा थिएटरले बुधबार स्याङ्जामा ‘एक चिहान’ नाटक मञ्चन गरेको छ । पुतलीबजारस्थित सिटी हलमा दुई दिन नाटक मञ्चन गरिएको हो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनका अनुसार अब वालिङमा पनि २ दिन नाटक मञ्चन गरिनेछ ।

    उपन्यासकार एवं साहित्यकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ नाटक कक्षा १२ को पाठ्यक्रममा छ ।

    नाटकमा परिवर्तन, रमेशबाबु तिमिल्सिना, जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रन्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरेलगायतले अभिनय गरेका छन् ।

    नेपाली सामाजिक परिवेशलाई नाटकमार्फत राम्ररी उतारिएको छ । नेवारी कला, संस्कृति र शैली बढी प्राथमिकतामा छन् ।

    समाजमा नारीहरुले भोग्नु परेका हिंसा, किसानका पीडादायी अवस्था, ठूलाबडाका आर्थिक तथा नैतिक दमन शोषणलगायतलाई साहित्यकार प्रधानले उपन्यासमार्फत उजागर गर्न खोजिएको कथाबस्तुलाई आधार बनाई नाटक प्रदर्शन गर्न खोजिएको छ । नाटक पोखरा थिएटर अध्यक्ष परिवर्तनले निर्देशन गरेका हुन् ।

    नाटक हेरेपछि पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले नेपाली सामाजिक परिवेशलाई उतारिएको नाटकले नारीमाथि कुदृष्टि, आर्थिक शोषण, किसानका अवस्था प्रस्तुत गरेको बताए ।

    कलाकारका कलाकारिताले नाटकलाई प्रशंसनीय बनाएको जनाउँदै पुतलीबजारमा नाटक मञ्चन हुनु नौलो र खुसीको कुरा भएको बताए ।



    Heralo Reporter Heralo Reporter    
  • ९ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP