logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखराका प्रमुख आचार्य र उपप्रमुख गुरुङ विदेशमा, प्रवक्ता तिमिल्सिना बने कार्यबाहक प्रमुख

    • Heralo Reporter Heralo Reporter
    • २० कार्तिक २०८१ मंगलवार
    पोखराका प्रमुख आचार्य र उपप्रमुख गुरुङ विदेशमा, प्रवक्ता तिमिल्सिना बने कार्यबाहक प्रमुख

    पोखरा , हेरालाे खबर

    पोखरा महानगरपालिकामा कार्यबाहक प्रमुखको जिम्मेवारी मोती तिमिल्सिनाले पाएका छन् । तिमिल्सिना पोखरा २५ का वडाध्यक्ष तथा महानगरका प्रवक्तासमेत हुन् ।

    महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ दुवै विदेश भ्रमणमा गएपछि तिमिल्सिनाले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएका हुन् । उनले यसअघि पनि कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

    महानगर प्रमुख आचार्य इजिप्टको कायरो र उपप्रमुख गुरुङ साइप्रस पुगेका छन् । आचार्य तिहारको भाइटीकाको दिन कायरो प्रस्थान गरेका हुन् भने उपप्रमुख गुरुङले तिहार साइप्रसमै मनाएकी हुन् ।

    महानगर प्रमुख आचार्यले उपप्रमुख गुरुङ साइप्रस भएका बेला कार्यपालिका बैठकमार्फत करारका कर्मचारी हटाउने निर्णय गरेपछि तनाव उत्पन्न भएको छ ।

    महानगरमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाउने निर्णयको विरोध गरेका छन् ।

    उनीहरुले मंगलबार महानगरमा धर्ना दिएका थिए । धर्ना कार्यक्रमलाई महानगर संसदीय दलका नेता तथा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले संवोधन गर्दै करारका कर्मचारी हटाउने निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी दिएकी छन् ।



    Heralo Reporter Heralo Reporter    
  • २० कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP