logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • सवारी दुर्घटनामा गोरखा आरुघाटका चार जनाको मृत्यु, चार घाइतेमध्ये दुई गम्भीर

    • Heralo Reporter Heralo Reporter
    • २३ कार्तिक २०८१ शुक्रबार
    सवारी दुर्घटनामा गोरखा आरुघाटका चार जनाको मृत्यु, चार घाइतेमध्ये दुई गम्भीर

    पोखरा , हेरालाे खबर

    मुग्लिङ-नारायणगढ सडकखण्डमा आज बिहान ३ बजे सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

    मृत्यु हुनेमा गोर्खा आरुघाट गाउँपालिका वडा नं १ मान्बुका ४० बर्षीय राजबहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०-३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

    सो दुर्घटनामा चार जना घाइते भएकामा दुई जना गम्भीर छन् । उनीहरुलाई थप उपचारका लागि चितवन लगिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महनगरपालिका वडा नं २९ सत्रकिलोमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बाप्र ०३-००१ ख २८१२ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं ९ का ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २३ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP