logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • आगोले जलेर आमाको मृत्यु, छोरी घाइते

    आगोले जलेर आमाको मृत्यु, छोरी घाइते

    सर्लाही , हेरालाे खबर

    खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

    जिल्लाको ईश्वरपुर नगरपालिका-६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

    खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी थिइन् ।

    गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो ।

    तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई किर्तिपुर पुर्याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए ।

    पुनः चितवनस्थित भरतपुर अस्पताल पुर्याइ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • ३ मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP