logo
  • ५ माघ २०८२, सोमबार | Mon, 19 Jan 2026
  • पृथ्वीराजमार्ग अझै अवरुद्ध, पहिरो पन्छाउन अजै केहि समय लाग्ने

    पृथ्वीराजमार्ग अझै अवरुद्ध, पहिरो पन्छाउन अजै केहि समय लाग्ने

    पोखरा , हेरालाे खबर

     पृथ्वीराजमार्गको दमौली-डुम्रे खण्ड अझै खुल्न सकेको छैन ।

    तनहुँको घाँसीकुवा नजिकै भीषण पहिरो खसेपछि राजमार्ग बुधबार साँझदेखि नै अवरुद्ध बनेको थियो ।

    करिब १ सय ५० मिटर सडक पुरिएकाले बुधबार पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आज बिहानैदेखि सडक पन्छाउने काम थालिने भए पनि समय लाग्ने भएको छ ।

    राजमार्ग अवरुद्ध भएसँगै पोखरा आउने र पोखराबाट अन्यत्र गएका सवारीसाधन तनहुँमा रोकिएका छन् भने सयौँ यात्रु तनहुँमा अलपत्र परेका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • ६ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP