logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • उर्लाबारीमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु, दुई जना गम्भीर

    उर्लाबारीमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु, दुई जना गम्भीर

    सुनसरी , हेरालाे खबर

    मोरङको उर्लाबारीमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । उर्लाबारी-३ मंगलबारेको पूर्व-पश्चिम राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटना दुई जना गम्भीर घाइते भएका छन् ।

    कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं ५ का ४२ वर्षीय दिपक धिमाल र मोरङ कानेपोखरी वडा नं ४ का २८ वर्षीय किशोर गुरुङ छन् ।

    दुर्घटनामा घाइतेमध्ये धिमाल र गुरुङलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    धिमालको उर्लाबारीको अरनिको अस्पताल र गुरुङको मंगलबारेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षका अमृत लिम्बु र ४२ वर्षका विष्णु धिमाललाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाइएको छ ।

    प्रहरीका अनुसार पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १-०२-०५० प ८४०६ विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ६ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP