logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • चौध वर्षकी बालिकामाथि जबरजस्ती करणी, स्याङ्जा अर्जुनचौपारीका परियार पक्राउ

    • Heralo Reporter Heralo Reporter
    • ९ कार्तिक २०८१ शुक्रबार
    चौध वर्षकी बालिकामाथि जबरजस्ती करणी, स्याङ्जा अर्जुनचौपारीका परियार पक्राउ

    पोखरा , हेरालाे खबर

    चौध वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का २८ वर्षीय सूर्य परियार छन् ।

    स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठका अनुसार परियारले बालिकालाई डर, त्रास र धम्की देखाएर जबरजस्ती करणी गरेको भन्ने पीडित पक्षको जाहेरीका आधारमा यही कात्तिक ७ गते उनलाइ पक्राउ गरिएको हो ।

    परियारविरुद्ध अदालतमा जबरजस्ती करणी मुद्धा दर्ता एवं म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • ९ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP