logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • काभा क्लब च्याम्पियनसिपमा ५ टोलीले भाग लिने

    • heralokhabar heralokhabar
    • १५ मंसिर २०८१ शनिबार
    काभा क्लब च्याम्पियनसिपमा ५ टोलीले भाग लिने

    हेरालो खबर
    काठमाडौँ काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको‌ सहभागिता रहने निश्चित भएको छ। नेपाल भलिबल सङ्घले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, मालदिभ्स र इरानको‌ क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मङ्सिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ।
    आठौँ प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, उपविजेता गण्डकी प्रदेश, भारतको क्यालिकट, माल्दिभ्सका एचडिसी क्लब र इरानको चादौरा मालोे क्लबले च्याम्पियनसिपमा भाग लिनेछन्।
    च्याम्पियनसिपमा सिङ्गल राउन्ड रोविन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी १४ खेल हुनेछ।  काभाको यो वर्ष भलिबल सङ्घले आयोजना गर्ने यो दोस्रो प्रतियोगिता हो ।
    यसअघि साउनमा काभा महिला भलिबल नेसन्स लिग काठमाडौँमा भएको थियो। त्यसको उपाधि भारतले जितेको थियो भने नेपाल दोस्रो भएको थियो।
    भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले अर्को वर्ष एफआइभिबीको सहयोग काभा पुरुष भलिबल नेसन्स लिग टुँडिखेलमा आयोजना हुने सम्भावना रहेको बताए । त्यो च्याम्पियनसिप आयोजना भएको खण्डमा नेपालले भौतिक पूर्वाधारमा एभआइभिबीबाट आर्थिक सहयोग आउने सम्भावना रहेको चन्दले जानकारी दिए ।
    प्रतियोगिताका‌ लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने संघको अनुमान छ । त्यसमा राखेपले २५ लाख रुपैयाँ अनुदान दिने बताइएको छ।
    संघका सल्लाहकार रेसम गुरुङले‌ १ लाख ५१ हजार, निवर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा र संघकी सदस्य ज्योति केसी, टिपटप न्यु डायमन्ड स्पोर्टस क्लबले समान १ लाख रुपैयाँ दिने भएका छन्।



    heralokhabar heralokhabar    
  • १५ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP