हेरालाे खबर
पोखरा । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेश भलिबल संघ तीन भारतीय खेलाडीसहति मैदानमा उत्रिने भएको छ ।
नेपाल भलिबल संघको आयोजना यहि मंसिर २२ गते देखि सुरू हुने प्रतियोगितामा गण्डकी भलिबल संघ तीन भारतीय खेलाडीसहति मैदानमा उत्रिने भएको हो ।
भारतीय खेलाडीमा हिमांशु त्यागी, साहिल कुमार र प्रिन्स रहेका छन् ।
गण्डकीको टोलीमा सदाबहार खेलाडी खोम प्रसाद पाण्डे ‘हरि’को कप्तानीमा मैदानमा उत्रिने छ । त्यसै गरी आउट साइड हिटरमा रवि केसी र सरोज वर्देवा, सेटरमा विवश आले, दुर्गा प्रसाद महतो र राजन थापा, मिडल ब्लकरमा हिमाल सुनारी, हरि बहादुर अधिकारी र इन्द्र बहादुर विक तथा लिवेरोमा कुन्जन शाही ठकुरी र ईश्वर थापा रहेका छन् ।
त्यसै गरी टिमको मुख्य प्रशिक्षकमा, रमेश केसी, सहायक प्रशिक्षकमा शंकर गुरुङ र उत्तम थापा, टिम व्यवस्थापकमा टुक बहादुर गुरुङ र फिजियोमा डा. अनुप रहेका छन् ।
प्रतिक्रिया