logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • टिपटप हेल्प नेपालको विजयी सुरुवात

    • heralokhabar heralokhabar
    • २२ मंसिर २०८१ शनिबार
    टिपटप हेल्प नेपालको विजयी सुरुवात

    काठमाडौँ । घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले  जितका साथ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०२४ को सुरुवात गरेको छ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको भएको उद्घाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा  हराएको हो ।
    हेल्प नेपाल आठौँ प्रधानमन्त्री कपको विजेताको रूपमा यो च्याम्पियनसिपको लागि छनोट भएको हो। ३ पाकिस्तानी ,नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी लोनमा ल्याएर हेल्प नेपालले टोलीलाई बलियो बनाएको छ।
    च्याम्पियनसिपमा नेपाल सहित ४ राष्ट्रका ५ क्लबको सहभागिता रहेको छ । ८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् ।
    सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुने भने लिगमा उत्कृष्ट हुने शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।
    लिगको शीर्ष टिमले तेस्रो तथा दोस्रोले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ। फाइनल मङ्सिर २९ गते हुनेछ।



    heralokhabar heralokhabar    
  • २२ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP