logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • कर्णाली अपराजित रहँदा ललितपुर पनि फाइनलमा

    • Heralo Reporter Heralo Reporter
    • १९ आश्विन २०८१ शनिबार
    कर्णाली अपराजित रहँदा ललितपुर पनि फाइनलमा

     हेरालाे खबर

    एजेन्सी – कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित यात्रा कायम राख्दा ललितपुर क्विन्सले पनि उपाधि भिडन्तमा स्थान पक्का गरेको छ ।

    शुक्रबार मध्यरातमा सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ ले पराजित गरेपछि फाइनल समिकरण तयार भएको हो । यसअघि फाइनल पुगिसकेको कर्णालीविरुद्ध काठमाडौंले फाइनल पुग्न २ सेट आफ्नो पक्षमा पारे पुग्ने अवस्था रहेपनि त्यो हासिल गर्न नसक्दा काठमाडौं फाइनल पुग्न पाएन । ललितपुर भने अन्तिम दिन चितवनलाई हराउँदै दोस्रो स्थानमा उक्लेसँगै फाइनल प्रवेश गर्न सफल रह्यो ।

    दशरथ रंगशालाको कभर्ड हलमा पहिलो सेटमा कर्णालीले उत्कृष्ट सुरुवात गर्दै फराकिलो अग्रता लिएपनि उक्त सेट २५-२३ ले गुमायो । तर त्यसपछिका ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली अपराजित रहेर फाइनल यात्रा तय गर्न सफल रह्यो । काठमाडौं भने फाइनल नजिक पुगेर पनि बन्चित भयो ।

    कर्णालीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-२३ र चौथो सेटमा २५-१२ को सहज जित निकाल्यो । यससँगै कर्णालीको ५ खेलमा १३ अंक पुग्यो । दोस्रो स्थानमा ललितपुर क्विन्सले ५ खेलमा १० अंक जोड्यो । काठमाडौं भने ९ अंकसहित तेस्रो स्थानमा रह्यो ।

    चितवन शक्तिले ५ खेलमा ७ अंक र गण्डकी थन्डर्सले ६ अंक जोड्दा मधेश युनाइटेड अंकविहिन रहँदै लिगको अन्त्य गर्यो ।

    शनिबार साढे ५ बजे फाइनल खेल हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP