हेरालाे खबर
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान तथा गण्डकी विश्वविद्यालयकी विद्यार्थी अरुणा शाही सम्मान गरेकाे छ ।
आइतबार गण्डकी विश्वविद्यालयद्वारा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान तथा गण्डकी विश्वविद्यालयकी विद्यार्थी अरुणा शाहीलाई सम्मान कार्यक्रम गण्डकी प्रदेश सरकारका माननीय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री श्री विन्दु कुमार थापाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो कार्यक्रममा कप्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद रु. २०,०००।- (बीस हजार) र दोसल्ला ओढाई सम्मान गरेको थियो। उक्त कार्यक्रमको अध्यक्षता गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले गर्नु भएको थियो भने शुभकामना मन्तव्य गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाले गर्नु भएको थियो । सहप्रशासक डोलराज सुवेदीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय विन्दु कुमार थापाज्यूले सम्मानित कप्तान अरुणा शाहीलाई बधाई दिँदै थप सफलताको कामना समेत गर्नु भएको थियो ।
प्रतिक्रिया