logo
  • ६ मंसिर २०८२, शुक्रबार | Fri, 21 Nov 2025
  • काभा पुरुष क्लब च्याम्पियनसिपबाट गण्डकीको पराजय

    • heralokhabar heralokhabar
    • २५ मंसिर २०८१ मंगलवार
    काभा पुरुष क्लब च्याम्पियनसिपबाट गण्डकीको पराजय

    हेरालो खबर

    काठमाडौँ। गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो पराजय बेहोरेको छ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा इरानको यु–१८ टोलीसँग गण्डकी ३–२ को सेटमा पराजित भएको हो। गण्डकीले पहिलो खेलमा माल्दिभ्सको एचडिसी क्लबसँग ३–२ को हार बेहोरेको थियो।

    पराजित गण्डकीको तीन खेलमा दुई अङ्क छ।

    गण्डकीले सुरुआत दुई सेट २८–२६, २५–२३ ले आफ्नो पक्षमा पारे तर, त्यसपछिका तीन सेट २१–२५, २२–२५ , १३–१५ ले गुमायो।



    heralokhabar heralokhabar    
  • २५ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP