logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पोखरा-मुग्लिन सडक : पृथ्वीराजमार्गकाे अवराेध हट्याे

    • Heralo Reporter Heralo Reporter
    • २५ मंसिर २०८१ मंगलवार
    पोखरा-मुग्लिन सडक : पृथ्वीराजमार्गकाे अवराेध हट्याे

    पाेखरा , हेरालाे खबर

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।

    पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो ।

    मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको थियाे ।

    पोखरा-मुग्लिन सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउने उनले बताए ।

    पोखरा-मुग्लिन सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको इन्जिनियर पाण्डे बताए । पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २५ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP