logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखरामा स्कुल बस अनियन्त्रित हुँदा एकजना घाइते, तीन वटा ट्याक्सीमा क्षति

    • Heralo Reporter Heralo Reporter
    • ७ भाद्र २०८१ शुक्रबार
    पोखरामा स्कुल बस अनियन्त्रित हुँदा एकजना घाइते, तीन वटा ट्याक्सीमा क्षति

    पोखरा , हेरालाे खबर

    पोखराको घारेपाटन स्थित आँखा अस्पताल नजिक स्कूल बस अनियन्त्रित भई पार्किङमा राखिएका ट्याक्सीलाई ठक्कर दिएको छ ।

    न्यु मोडल सेकण्डरी स्कुल नागढुंगाको स्कूल बस अनियन्त्रित भई ठक्कर दिँदा बसका चालक घाइते भएका छन् । पार्किङ गरी राखिएको तीन वटा ट्याक्सीमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

    ट्राफिक प्रहरी प्रमुख भानु शर्माका अनुसार बस अनियन्त्रित भइ ठक्कर दिँदा घाइते भएका बसका चालकलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । उनको पहिचान खुलेको छैन । बसले ठक्कर दिँदा ग १ ज ४१८०, ग १ ज २९३४ र ग १ ज २२४१ नम्बरको ट्याक्सीमा क्षति पुगेको छ ।

    दुर्घटनाको अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शर्माले जानकारी दिनु भएको छ।



    Heralo Reporter Heralo Reporter    
  • ७ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP