logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • जीप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना गम्भीर घाइते

    • Heralo Reporter Heralo Reporter
    • ३१ श्रावण २०८१ बिहीबार
    जीप दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना गम्भीर घाइते

    सिन्धुली , हेेरालाे खबर

    सिन्धुलीमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ६ का पृथ्वी भुजेल र उदय मगर छन् ।

    दुर्घटनामा परी पाँच जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिए ।

    एसपी काफ्लेका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते दुई जनाको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सिन्धुलीमाडी खुर्कोटखण्डअन्तर्गत कमलामाई-२ चियाबारी नजिकै बा२०च ८२८३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यद्यपि तीव्र गतिका कारण जीप अनियन्त्रित भई सडकमै पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

     



    Heralo Reporter Heralo Reporter    
  • ३१ श्रावण २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP