logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पोखरा-१३ का ज्येष्ठ नागरिक महाप्रभु धाममा

    पोखरा-१३ का ज्येष्ठ नागरिक महाप्रभु धाममा

    पोखरा , हेरालाे खबर

    पोखरा महानगरपालिका वडा नं ११ फूलबारीस्थित फूलबारी क्लबले ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।

    पोखरा-११ का ६० वर्ष नाघेका एक सय ५० जना ज्येष्ठ नागरिकलाई पोखरा-१३ आर्वास्थित महाप्रभुधामको अवलोकन भ्रमण गराएको कार्यक्रम संयोजक अनन्तराज आचार्यले जानकारी दिए ।

    उनीहरुलाई अवलोकन पछि विभिन्न मनोञ्जनात्मक र धार्मिक हाजिरीजवाफ प्रतियोगिता समेत गरेको आचार्यले जानकारी दिए ।

    धार्मिक हाजिरी जवाफतर्फ उत्कृष्ट वासुदेव अधिकारी, दामोदर बास्तोला, वेदराज बास्तोला, बलराम शर्मा बास्तोला र नृत्यतर्फ उत्कृष्ट सीता बास्तोला, सावित्री बास्तोला, हरिमाया बास्तोला र गंगा बास्तोलालाई मायाको चिनो प्रदान गरिएको थियो ।

    उनीहरुलाई क्लबका अध्यक्ष मनोज बास्तोला, वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य र क्लबका पूर्वअध्यक्ष राजेश कुमार गुरुङ, क्लबका उपाध्यक्ष जनार्दन बास्तोला, क्लबका सचिव युवराज बास्तोलालगायतले मायाको चिनो वितरण गरेका थिए ।



    Heralo Reporter Heralo Reporter    
  • २ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP