logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • त्रिखण्डीका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सम्पन्न

    • Heralo Reporter Heralo Reporter
    • १३ फाल्गुन २०८१ मंगलवार
    त्रिखण्डीका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सम्पन्न

    ललितपुर , हेरालाे खबर

    वाग्मतीगाउँपालिका वडा नं.२ माल्टा,त्रिखण्डीस्थित श्री त्रिखण्डी आधारभूत विद्यालयमा अध्ययनरत ११ जना तामाङ तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो,सा पुख्री(सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजन तथा व्यवस्थापनमा,आज मंगलबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

    विद्यालयका प्र.अ.अर्जुनप्रसाद घिमिरेकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन लुङ्गबा तामाङ,शिक्षक अभिभावक संघका अध्यक्ष हिरालाल सुनारले विद्यार्थीहरुलाई कपि,पेन्सिल,इरेजर,कटर,स्केल लगायतका सामग्री वितरण गरेको समारोहमा अभिभावक,शिक्षक,कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको बताएका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP