logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • बिरामी बोकेर पोखरा आउँदै गरेको एम्बुलेन्समा एक्कासि आग्गाे लागी

    बिरामी बोकेर पोखरा आउँदै गरेको एम्बुलेन्समा एक्कासि आग्गाे लागी

    पोखरा , हेरालाे खबर

    स्याङ्जाबाट बिरामी बोकेर पोखरा आउँदै गरेको एम्बुलेन्समा आगलागी भएको छ ।

    गएराति स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ करेनडाँडामा ग१झ २७८ नम्वरको एम्बुलेन्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    एम्बुलेन्स वालिङको गह्रौं प्राथमिक अस्पतालको भएको बताइन्छ । एम्बुलेन्स देवप्रसाद रेग्मीले चलाएका थिए ।

    ‘एम्बुलेन्समा एक्कासि आगो लागेछ, चालकको चतुर्याइँले बिरामीलाई केही भएनछ’, स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी ईन्द्रबहादुर रानाले भने ।

    आगलागीको कारण खुल्न नसकेको भए पनि ब्याट्री स्पार्क भएर आगाे लागेको हुन सक्ने अनुमान गरिएको छ । एम्बुलेन्स जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १७ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP