हेरालाे खबर
मन्त्री पण्डेद्वारा नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनलाई सम्बोधन
पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैनः मन्त्री पाण्डे
काठमाडौं | संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नु पर्नेमा जोड दिनुभएको छ ।
बुधबार नेपाल हस्तकला महासंघ नेपालले पहिलो पटक राजधानीमा आयोजना गरेको नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो,पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन । निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुने हो ।
उहाँले चिनियाँहरुले संस्कृति भित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार पसार गरिरहेको प्रति खुसी व्यक्र गर्नुभयो । मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुने बताउनुभयो ।
उहाँले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा जोड दिनुभयो । मन्त्री पाण्डेले पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दैडिजिटल टुरिजम विकास तर्फ समेत ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कला लगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थलमार्ग र हवाईमार्ग मार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभयो । ।
प्रतिक्रिया