logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखराबाट जोमसोम जाँदै गरेको बसमाथि खस्यो पहिरो, दुई जना घाइते

    पोखराबाट जोमसोम जाँदै गरेको बसमाथि खस्यो पहिरो, दुई जना घाइते

    पोखरा  , हेरालाे खबर

    पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको यात्रुबसमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् ।

    घाइते हुनेमा बेनी नगरपालिका वडा नं ४ की २१ वर्षीया पूजा खड्का र गुल्मी इस्मा गाउँपालिका वडा नं २ घर भई हाल पोखराको लेखनाथ बस्दै आएका ३२ वर्षीया मीना नेपाली छन् ।

    दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए ।

    म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ बैसरीमा ग१ख ७७१७ नम्बरको बसमाथि आज दिउँसो करिब २ बजे पहिरो खसेको हो ।

    सडक माथिबाट एक्कासि आएको पहिरोसहितको ढुंगाले लागेर साे घटना भएको प्रहरीले जनाएको छ ।

    पहिरोसँगै ठूलो ढुंगो बसको ढोकैमा आएर ठोक्किएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • ४ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP