logo
  • १८ कार्तिक २०८१, आईतवार | Sun, 03 Nov 2024
  • भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ४३ यात्रु रहेको अनुमान

    भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ४३ यात्रु रहेको अनुमान

    पोखरा ,हेरालाे खबर

    नेपालमा भारतीय तीर्थयात्री सवार बस दुर्घटनाको घटना सेलाउन नपाउँदै भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ ।

    भारतको बिहार राज्यको समस्तीपुरमा आज बिहानै भएको दुर्घटनामा कम्तीमा २५ जना यात्रु घाइते भएको बताइएको छ । दुर्घटनाग्रस्त बसमा ४३ यात्रु रहेको अनुमान गरिएको छ ।

    बारा जिल्लाको बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैलसवालका अनुसार सोही गाउँपालिकाको वडा नं. ३ मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटनामा परेको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको आफूले जानकारी पाएकाे अध्यक्ष जैसवालले बताए ।

    नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको बताइएको छ ।

    घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको भारतीय सञ्चारमाध्यम आजतकले समाचारमा उल्लेख गरेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ९ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP