logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • फाइनलमा नेपाल पाहुना टोली म्यानमार सँग २–० ले पराजित

    • heralokhabar heralokhabar
    • १५ फाल्गुन २०८१ बिहीबार
    फाइनलमा नेपाल पाहुना टोली म्यानमार सँग २–० ले पराजित

    हेरालाे खबर

    काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो। अवसरकाे सदुपयोग गर्न नसक्दा नेपालले उपविजेतामै सीमित हुन पुगेको हो। म्यानमारलाई उपाधि दिलाउन यु पेर खिनेले एक गोल गरिन्। एक गोल भने नेपालले उपहार दिएको हो।

    खेलको २४औं मिनेटमा म्यानमारले सुनौलो अवसर गुमायो। सान थाह थाहले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै प्रहार गरेकी थिइन्। तर, गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा बिट भइसकेको अवस्थामा रक्षक विमला विकले लाइन क्लियरेन्स गर्दिइन्।

    ३५औं मिनेटमा नेपालले पनि अवसर गुमायो। रेखा पौडेलले निकाल्दिएको बललाई बक्सबाट सावित्रा भण्डारीले प्रहार गरेकी थिइन्। तर, उक्त बल म्यानमारकी गोलकिपर म्या म्याले बचाइन्। रिबाउन्डमा रेखा र सरु लिम्बूले प्रयास गरे पनि सफल हुन सकेन।

    यो सँगै पहिलो हाफ नेपालले म्यानमारलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन। म्यानमारलाई ६३औं मिनेटमा खिनेले अग्रता दिलाइन्।

    अञ्जिलालाई छक्याउँदै उनले प्रहार गरेको चिप बलले सिधै जाली चुम्यो। लगत्तै नेपालले अर्को गोल बेहोर्‍यो। म्यानमारकी कप्तान विन तुनको प्रहारलाई बचाउने क्रममा गीताको टाउकोमा बल लाग्दै पोस्टसम्म पुग्यो। त्यसपछि पनि दुवै टोलीले केही अवसर बुने पनि सफल हुन सकेन।

    नेपालले लिग चरणमा म्यानमारलाई २-२ को बराबरीमा रोकेको थियो।

     



    heralokhabar heralokhabar    
  • १५ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP