logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, देशभर महसुस

    • Heralo Reporter Heralo Reporter
    • १६ फाल्गुन २०८१ शुक्रबार
    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, देशभर महसुस

    पोखरा , हेरालाे खबर

    बिहीबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का काठमाडौं, पोखरा र देशका धेरै ठाउँमा महसुस गरिएको थियो।

    रातको समय भएकाले धेरै मानिस निदाइरहेका थिए। तर, जमिन हल्लिएपछि डराएर धेरैजना घरबाहिर निस्किए। कतिपय ठाउँमा मानिसहरू भूकम्पको धक्काले आत्तिएर चिच्याएको पनि सुनिएको थियो।

    रातको समय भएकाले धेरै मानिस निदाइरहेका थिए। तर, जमिन हल्लिएपछि डराएर धेरैजना घरबाहिर निस्किए। कतिपय ठाउँमा मानिसहरू भूकम्पको धक्काले आत्तिएर चिच्याएको पनि सुनिएको थियो।

    भूकम्पको डरले भाग्ने क्रममा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार ती कैदी सामान्य घाइते भएका छन् र अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    सिन्धुपाल्चोक प्रशासनका अनुसार अहिलेसम्म ठूलो धनजनको क्षति भएको छैन। तर, थप जानकारी सङ्कलन गरिरहेको प्रशासनले जनाएको छ।

     



    Heralo Reporter Heralo Reporter    
  • १६ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP