logo
  • १९ भाद्र २०८३, शुक्रबार | Fri, 04 Sep 2026
  • सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमकाे सुरुवात, राेल्पाका बाढी पहिराे पीडितलाई एक लाख सहयोग

    • heralokhabar heralokhabar
    • १ भाद्र २०८३ सोमबार
    सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमकाे सुरुवात, राेल्पाका बाढी पहिराे पीडितलाई एक लाख सहयोग

    सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमकाे सुरुवात, राेल्पाका बाढी पहिराे पीडितलाई एक लाख सहयोग

    काठमाडौँ । बागमती प्रदेश सभाका सांसद तथा नेकपाका केन्द्रीय कार्य संयोजन समिति सदस्य गंगानारायण श्रेष्ठकाे संरक्षकत्वमा ‘समृद्ध नेपालका लागि समृद्धि संवाद’ कार्यक्रमकाे सुरुवात भएको छ । आइतबारसाँझ सामाजिक सञ्जाल टिकटक लाइभमार्फत् समृद्धि सम्वाद कार्यक्रमकाे सुरुवात गर्दै देश बिकासका लागि गर्नुपर्ने आवश्यक कामहरुकाे सन्दर्भमा देश, विदेशमा रहेका युवा पुस्ताहरुसँँग छलफल प्रारम्भ भएको हो ।

    आइतबारकाे छलफलमा नेकपाका केन्द्रीय कार्य संयोजन समिति सदस्यद्वय वर्षमान पुन र पम्फा भुसाल समेत अतिथिकाे रुपमा सहभागी भएका थिए भने करिब दुई हजार जना लाइभमा जाेडिएर सहभागीता जनाएका थिए । संरक्षक श्रेष्ठले देशको समृद्धिका लागि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म र भाैतिक रुपमा पनि छलफल गर्नका लागि समृद्धि सम्वादकाे सुरु भएको जानकारी दिए । पहिलो दिनको छलफलमा करिब ३ दर्जन युवाले धारणा राखेका थिए ।
    कार्यक्रमकाे तर्फबाट राेल्पामा गएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारको सहयोगार्थ एक लाख रुपैयाँ हस्तान्तरण समेत गरिएको छ । समृद्ध नेपालका लागि समृद्धि संवाद कार्यक्रमका संरक्षक तथा नेकपाका केन्द्रीय कार्य संयोजन समिति सदस्य गंगानारायण श्रेष्ठले कार्यक्रमको तर्फबाट रोल्पामा गएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारको लागि एक लाख रुपैयाँ नेकपाका केन्द्रीय कार्य संयोजन समितिका सदस्य तथा रोल्पाका प्रतिनिधि सभा सांसद वर्षमान पुनलाई हस्तान्तरण गरेका हुन् । संरक्षक श्रेष्ठले थप सहयोगका लागि कार्यक्रममा सहभागी हजारौंलाई आव्हान गरे । उनले यसप्रकारकाे सहयोगलाई निरन्तरता दिने प्रतिवद्दता समेत गरे । सांसद वर्षमान पुनले कार्यक्रमलाई धन्यवाद दिँदै पीडित परिवारलाई सहयोग रकम समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।



    heralokhabar heralokhabar    
  • १ भाद्र २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP