logo
  • ११ माघ २०८२, आईतवार | Sun, 25 Jan 2026
  • टाइम्सलाई साबा क्लब च्याम्पियनसिपमा कास्य पदक

    • Heralo Reporter Heralo Reporter
    • २६ चैत्र २०८१ मंगलवार
    टाइम्सलाई साबा क्लब च्याम्पियनसिपमा कास्य पदक

    हेरालाे खबर

    नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा कास्य पदक जितेको छ।

    टाइम्सले आफ्नो चौथो तथा अन्तिम खेलमा सोमवार भुटानको थिम्पु म्याजिकलाई ८७-५९ ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो।

    भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा टाइम्सले पहिलो क्वाटरबाट नै खेलमा पकड बनाएको थियो। चौथो क्वाटर बाहेक सबैमा अग्रता लिएको थियो।

    पहिलोमा ३०-१२, दोस्रोमा १८-१२ , तेस्रोमा २०-१२ ले टाइम्स अगाडि रह्यो। चौथो तथा अन्तिम क्वाटरमा १९-२२ ले पछि परेपछि अघिल्ला ३ क्वाटरको‌ अग्रताले टाइम्सले फराकिलो अन्तरको जित निकाल्यो ।

    टाइम्सका कमल थापाले १४, सधिश प्रधानले १३, निश्चल महर्जन र श्रेयश बहादुर शाहले समान १२ र मविन्द्र भण्डारीले ११ स्कोर गरे।

    टाइम्सले ४ मध्ये २ मा जित र २ मा हार बेहोर्यो।
    पहिलो खेलमा श्रीलंकाको कोलम्बो बिसीसँग ७१–६६ ले पराजित टाइम्सले दोस्रो खेलमा माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले हराएको थियो। तेस्रो खेलमा टाइम्स भारतको तमिलनाडु क्लबसँग पराजित भएको थियो।

    अन्तिम समयमा पाकिस्तानको आइएसबी प्यान्थर्स सहभागी भएन । राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको विजेताको हैसियतमा टाइम्सले साबा सहभागिता जनाएको हो। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो ।



    Heralo Reporter Heralo Reporter    
  • २६ चैत्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP