मकवानपुर , हेरालाे खबर
बकैया गाउँपालिका वडा नं.६ जसपालस्थित श्री बागेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत ३९ जना तामाङ तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो,सा पुख्री(सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,शेर्पा संघ दोहा कतारका कोषाध्यक्ष गम्बु शेर्पाको व्यक्तिगत आर्थिक सहयोगमा आज मंगलबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ ।
विद्यालयका प्र.अ.कृष्णबहादुर स्याङतान तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोदकुमार बम्जनको सभाध्यक्षतामा वडाध्यक्ष एवं प्रमुख अतिथि फुलबहादुर बम्जन तामाङले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपि,पेन्सिल,कटर,इरेजर,स्केल लगायतका शैक्षिक सामग्री वितरण गरिएको समारोहमा शिक्षक अभिभावक संघका अध्यक्ष तोकबहादुर बम्जन,वडाका जनप्रतिनिधिहरु,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका प्रतिनिधिहरु,अभिभावक,शिक्षक,
कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया