logo
  • १८ माघ २०८२, आईतवार | Sun, 01 Feb 2026
  • एनएमबी लघुवित्तद्वारा २५ बुदे घोषणापत्र जारी गर्दै दोस्रो त्रैमासिक समीक्षा तथा सीप अभिवृद्धि कार्यशाला सम्पन्न

    • heralokhabar heralokhabar
    • १७ माघ २०८२ शनिबार
    एनएमबी लघुवित्तद्वारा २५ बुदे घोषणापत्र जारी गर्दै दोस्रो त्रैमासिक समीक्षा तथा सीप अभिवृद्धि कार्यशाला सम्पन्न

    हेरालाे खबर,पाेखरा, माघ १७ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा संस्थाको इटहरी, मधेश र धुलिखेल प्रादेशिक कार्यालय मातहतका शाखाहरुको सहभागीतमा २५ बुँदे घोषणापत्र जारी गर्दे दोस्रो त्रैमासको लक्ष्य प्रगति समीक्षा तथा सीप अभिवृद्धि कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।

    संस्थाले जारी घोषणपत्रमा संस्थाको नीति, नियम, कार्यविधि, परिपत्र तथा नियामक निर्देशनको पूर्ण पालना गर्दे संस्थाको मूल्य, संस्कृति, सुशासन र दीर्घकालीन रणनीतिलाई सबै निर्णयको आधार बनाउने र दैनिक कार्य सञ्चालनलाई चुस्त दुरुस्त, पारदर्शी बनाई ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने तथा शाखा कार्यालय सहित केन्द्रहरुको स्तरोन्नती गर्ने सहितका २५ बुँदाहरुलाई समावेश गरिएको छ । घोषणापत्रमा लेखिएका बुँदाहरुलाई सहभागीहरुले बाचन गर्नुको साथै हस्ताक्षर समेत गरि लिखित रुपमा पालना सुनिश्चितताको प्रतिवद्धता ब्यक्त गरेका छन् ।

    समिक्षा बैठक अन्तरगत दोस्रो त्रैमासिक अवधिमा हासिल भएका उपलब्धी, लक्ष्यअनुसारको प्रगति अवस्था तथा चुनौतीहरूको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, तेस्रो त्रैमासको लक्ष्य हासिल गर्ने स्पष्ट योजना, रणनीति तथा सामूहिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा सहभागी शाखा कार्यालयहरुले शाखागत लक्ष्य निर्धारण, कार्यसम्पादन सुधारका उपाय र उत्तरदायित्वका विषयमा सहभागीहरूबीच सहमति जनाउँदै तेस्रो त्रैमासमा अझ प्रभावकारी नतिजा हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख प्रकाश रावलले शाखागत लक्ष्य सूचकहरुमा हाँसिल गरेको उपलब्धी र भावी रणनीतिका बिषयमा सहजीकरण सहित प्रशिक्षण प्रदान गर्नु भएको थियो भने जनशक्ति व्यवस्थापन विभाग प्रमुख सूर्य बहादुर थापाले शाखा प्रमुखहरुको नेतृत्व क्षमता र सीप बृद्धिका बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    इटहरीको बिर्तामोड र इटहरी, मधेशको बर्दिवास र काठमाण्डौको गौशाला गरि ३ स्थानमा आयोजना गरिएको कार्यक्रममा इटहरी प्रादेशिक कार्यालयका सम्वन्ध प्रवन्धक योगेन्द्र जि.सी, प्रादेशिक कार्यालय प्रमुख सुरेश कार्की , क्षेत्रिय प्रवन्धकहरु जीवन खत्री, अनुज उदास, अर्जुन खतिवडा र तीर्थ राई सहित ३६ वटा शाखाका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । त्यस्तैगरी बर्दिवास प्रादेशिक कार्यालय अन्तरगत कार्यक्रममा बर्दिवास प्रादेशिक कार्यालयका प्रमुख नविन खतिवडा, क्षेत्रिय प्रवन्धकद्वय सूर्य किङरिङ र शिव साह कानु सहित २० शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो भने धुलिखेल प्रादेशिक कार्यालयको कार्यक्रममा सम्बन्ध प्रबन्धक गंगाधर आचार्य, प्रदेशिक कार्यालय प्रमुख बलराम खड्का, क्षेत्रीय प्रबन्धकद्वय सफल भण्डारी र दुर्गा प्रसाद यादव सहित २२ वटा शाखाका शाखा प्रबन्धकहरूको सहभागीता रहेको थियो ।

    कार्यक्रमकै अवसरमा संस्थाले दोश्रो त्रैमासिक समिक्षा अवधीमा लक्ष्य अनुसारको प्रगती हाँसिल गर्ने, कार्यमा खुद प्रगती हाँसिल गर्ने, शाखा कार्यालयलाई जोखिमयुक्त कर्जा शुन्य बनाई राख्न भूमिका निर्वाह गर्ने तथा जोखिमयुक्त कर्जाको दर नियन्त्रण गर्न र घटाउन भूमिका निर्वाह गरि उत्कृष्ट हुने शाखा अन्र्तगत इटहरी प्रादेशिक कार्यालय अन्र्तगतका चन्द्रगढी, लेटाङ, धुलावारी, सुरुङ्गा, औरावनी, मोतीगढा र भोजपुर शाखा कार्यालय, मधेश प्रदेश अन्र्तगतका तारापट्टी, परवानीपुर, र बिर्ताचोक शाखा कार्यालय र बाग्मती प्रदेश अन्तर्गतका थाँक्रे र धर्मस्थली शाखा कार्यालय पुरस्कृत भएका छन् । पुरस्कृत हुने शाखा कार्यालयका प्रमुखहरुलाई बिभागीय प्रमुख प्रकाश रावल र सूर्य बहादुर थापाले अविर, खादा र प्रसंशापत्र प्रदान गर्नुभएको संस्थाले जानकारी दिएको छ ।



    heralokhabar heralokhabar    
  • १७ माघ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP