logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • सातौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुदै

    सातौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुदै

    भाद्र १७, कावासोती, हेरालाे खबर

    गैडा संरक्षणका लागि जनचेतना जगाउने उदेश्यले नवलपुरको मध्यविन्दु २ कोल्हुवाको राईनो रङ्गशालामा हुने राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सातौ संस्करण आगामी कार्तिक ३ गतेबाट हुने भएको छ ।
    राईनो क्लवको भाद्र १६ गते बसेको बैठकले राईनो संरक्षण गोल्ड क्लवको सातौं सस्करण आगामी कार्तिक ३ गते देखी संचालन गर्ने निर्णय गरेको क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिनुभयो ।
    एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिदै आइरहेको छ ।
    गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २२ वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । राईनो संरक्षण फुटबल प्रतियोगितामा विभागीय टिम, राष्ट्रिय स्तरका क्लव सहित १२ वटा टिम सहभागी थिए ।
    नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका अध्यक्ष दोमन बहादुर भण्डारीले बताउनुभयो । साथै सातौं संस्करण सफल बनाउन संरक्षणकर्मी, सरोकारवाला निकाय, संघ, प्रदेश र स्थानिय पालिकाहरुलाई आग्रह समेत गर्नुभएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १७ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP