logo
  • ११ जेष्ठ २०८३, सोमबार | Mon, 25 May 2026
  • झ्याप्ले खोला अपडेट : ३५ जनाको शव निकालियाे

    • Heralo Reporter Heralo Reporter
    • १३ आश्विन २०८१ आईतवार
    झ्याप्ले खोला अपडेट : ३५ जनाको शव निकालियाे

    पाेखरा , हेरालाे खबर

    पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएका ३५ जनाको शव निकालिएको छ।

    प्रहरीका अनुसार शनिवार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो।

    अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणसहित सम्पर्क गरिदिन खानी खोला प्रहरीले अनुरोध गरेको छ।

    झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो।



    Heralo Reporter Heralo Reporter    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP