पोखरा । पोखरामा आज बिहानै कार दुर्घटनामा परेको छ ।
पाेखरा , हेरालाे खबर
पोखरा महानगरपालिका वडा न ७ स्थित बुलौदी खोलाको उकालोमा आज बिहान करिब ५ बजे कार दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हलनचोकबाट जिरोकिमितर्फ आउँदै गरेको बा५च ४२२५ नम्बरको कार सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । ओरालो र घुम्तीका कारण यस क्षेत्रमा पटकपटक दुर्घटना हुने गरेका छन् । साथै धेरैको ज्यानसमेत गइसकेको छ ।
दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक बोर्ड राखिए पनि त्यसले खासै प्रभावकारी काम गर्न सकेको छैन ।
प्रतिक्रिया