logo
  • २७ मंसिर २०८२, शनिबार | Sat, 13 Dec 2025
  • बाटुलेचौरको हिमालय क्लबले २८औँ वार्षिकोत्सव मनाउने

    • Heralo Reporter Heralo Reporter
    • १ कार्तिक २०८१ बिहीबार
    बाटुलेचौरको हिमालय क्लबले २८औँ वार्षिकोत्सव मनाउने

    पोखरा , हेरालाे खबर

    पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित हिमालय क्लबले २८औँ स्थापना दिवस मनाउने भएको छ । बिहीबारदेखि कार्तिक २२ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइने क्लबले जनाएको छ ।

    कार्यक्रमअन्तर्गत रक्तदान तथा चियापान, क्लबद्वारा सञ्चालित नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार वितरण, सावित्री लीलाधर उत्कृष्ट कृषक पुरस्कार तथा बिपन्न एकल महिला सहयोग वितरणसहित साँस्कृतिक कार्यक्रम गरिने क्लब अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए ।

    कार्यक्रमका लागि क्लबका द्वितीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    क्लबले समाजसेवा पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठ संयोजक, निवर्तमान अध्यक्ष सुशील बस्नेत, पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सिना, सल्लाहकार खिमलाल अधिकारी र संस्थापकमध्येबाट यादवचन्द्र देवकोटा सदस्य रहेको प्रतिभा छनोट समिति गठन गरेको छ ।

    कृष्णप्रसाद अधिकारी र प्रभा कोइरालाले स्थापना गरेको कृषक पुरस्कारका लागि क्लब प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी संयोजक, सहसचिव मनु बस्नेत र लक्ष्मी श्रेष्ठ सदस्य रहेको छनोट समिति गठन गरिएको छ ।

    समाजसेवा पुरस्कारको राशि नगद १५ हजार रुपैयाँ छ । सो पुरस्कार यसअघि उद्योगपति गणेशबहादुर श्रेष्ठ, तेजबहादुर गुरुङ, गोविन्दबहादुर केसी, अग्रज भलिबल खेलाडी उदयबहादुर बस्नेत, सिद्धार्थ क्लब र नव आदर्श सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।

    वि.सं. २०५४ साल कार्तिक १२ गते स्थापित क्लबले यही कार्तिक १२ गते साँझ दीप प्रज्ज्वलन गर्ने सचिव तुलबहादुर बस्नेतले जानकारी दिए ।

    क्लबको बैठकले नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा राजेन्द्रबहादुर देवकोटा, खिमलाल अधिकारी, कुमार श्रेष्ठ, चित्रबहादुर थापा, गुरुदत्त भट्टराई, दुर्गा केसी थापा, राजकुमारी बानियाँ, कानूनी सल्लाहकार अधिवक्ता शालिग्राम भट्टराई र पदेन सल्लाहकारमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना छन् ।

    हालै निर्वाचित क्लबको समितिले विभिन्न क्षेत्रलाई समेट्ने गरी वार्षिक कार्य योजना समेत बनाएको बताइएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP