logo
  • १५ बैशाख २०८३, मंगलवार | Tue, 28 Apr 2026
  • इनिशा बिककाे लागि न्याय माग्दै नेपाल विद्यार्थी संघकाे प्रदर्शन

    • heralokhabar heralokhabar
    • २९ फाल्गुन २०८२ शुक्रबार
    इनिशा बिककाे लागि न्याय माग्दै नेपाल विद्यार्थी संघकाे प्रदर्शन

     

    हेरालाे खबर

    इनिशा बिककाे लागि न्याय माग्दै नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस एकाइले प्रदर्शन गरेकाे छ |

    काठमाडौं: इनिशा बिकका लागि न्यायको माग गर्दै विरोध प्रदर्शन कार्यक्रमको घोषणा गरिएको छ। कार्यक्रमको आयोजना नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस एकाइले गर्ने जनाएको छ।
    आयोजकका अनुसार उक्त विरोध कार्यक्रम फागुन २९ गते बिहान ७:३० बजे पशुपति बहुमुखी क्याम्पस, मित्रपार्क परिसरमा आयोजना गरिनेछ। कार्यक्रममा विद्यार्थी, युवा तथा सर्वसाधारणलाई सहभागी भई न्यायको पक्षमा आवाज उठाउन आह्वान गरिएको छ।


    “देशका छोरीहरू हाम्रो गर्व हुन्, उनीहरूको सुरक्षामा सम्झौता हुँदैन” भन्ने नारासहित आयोजना हुन लागेको यस प्रदर्शनमार्फत घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिने आयोजकले बताएका छन्।


    साथै, महिला तथा बालिकामाथि हुने हिंसा र अन्यायको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत कार्यक्रममार्फत उठाइने जनाइएको छ।



    heralokhabar heralokhabar    
  • २९ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP