logo
  • २६ चैत्र २०८२, बिहीबार | Thu, 09 Apr 2026
  • एनएमबि लघुवित्तको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

    • heralokhabar heralokhabar
    • २६ चैत्र २०८२ बिहीबार
    एनएमबि लघुवित्तको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

    एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा यहि चैत २५ गते पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कृष्ण दत्त भट्टराईले पेश गरेको आ.व. २०८१–०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो ।

    सभामा आफ्नो भनाइ राख्दै संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत सजल खड्काले लघुवित्तका लागि विगतका बर्षहरु चुनौतीपूर्ण रहेता पनि पछिल्लो समय केही सहज बन्दै गएकोले आगामी दिनमा यस क्षेत्रको ब्यवसाय सकरात्मक दिशातर्फ अगाडी बढ्ने बिश्वास ब्यक्त गरेका थिए । साथै प्रविधिको उच्चतम प्रयोग गरि ग्राहक मैत्री सेवामा थप क्रियाशिल भएर लाग्ने प्रतिवद्वता पनि ब्यक्त गरेका थिए ।

    एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने राजिव रंजित, शेयरधनी केशव शरण पौडेलले संस्थाको साधारण सभा समयमा गर्न र लगानीकर्तालाई प्रतिफल मिल्ने गरि कार्य गर्न सुझाव दिएका थिए । उनीहरूको सुझावलाई सम्वोधन गर्दै अध्यक्ष भट्टराईले सुझाव अनुसार कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए भने देशमा नयाँ सरकार बनेसंगै वित्तीय क्षेत्रमा सुधार हुने संकेत देखा परेको पनि जानकारी गराए ।

    कास्कीको न्यूरोड, पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्बन्धी कार्यक्रमको सञ्चालक कम्पनी सचिव सूर्य बहादुर थापाले गरेका थिए ।



    heralokhabar heralokhabar    
  • २६ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP