logo
  • ६ जेष्ठ २०८३, बुधबार | Wed, 20 May 2026
  • पहिलो ‘नाइट ट्रेल रन’ आयोजना हुँदै 

    • heralokhabar heralokhabar
    • ६ जेष्ठ २०८३ बुधबार
    पहिलो ‘नाइट ट्रेल रन’ आयोजना हुँदै 

    हेरालाे खबर

    काठमाडौं । नेपालमा पहिलो ‘नाइट ट्रेल रन’ आयोजना हुने भएकाे छ | साहसिक र आउटडोर गियर उत्पादन गर्ने अमेरिकन रिक्रियसन कम्पनी ‘द नर्थ फेस (टिएनएफ)’ नेपालको आयोजनामा ‘माउन्टेन क्वेस्ट’ नाइट ट्रेेल रन हुने भएकाे हाे |

    साहसिक यात्रा, सहनशीलता र वातावरण संरक्षणलाई आकार दिने लक्ष्यका साथ हुन लागेको यस क्वेस्टको मुख्य आर्कषकका रुपमा  ‘नाइट ट्रेल रन’ रहेको छ । मंगलबार आयोजनक द नर्थ फेस नेपालले पत्रकार सम्मेलनमार्फत मे २९ मा काठमाडौंस्थित गोकर्ण फोरेस्ट रिजर्टमा हुने कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

    नाइट ट्रेल रन नेपालमै पहिलोपटक हुन लागेको हो । ७.५ किलोमिटरको दौडले विश्वकै सर्वोच्च शिखर सगरमाथा र नेपालका अन्य हिमालहरुबाट प्रेरित साहस र धैर्यको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

     

    मे २९ अर्थात् ‘एभरेष्ट डे’ । सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको स्पिरिटलाई यो इभेन्टले सम्मान गर्ने आयोजक टोलीकी प्रतिनिधि रिन्चेन लामाले बताइन् ।

    ‘नाइट ट्रेल रन हामीले मे २९ मै गर्नुको मुख्य कारण भनेको एभरेष्ट र सर एडमण्ड हिलारीप्रतिको सम्मान हो । त्यसैले अन्य मितिका बारेमा सोच्दै सोचेनौं,’ लामाले भनिन् ।

    प्रतियोगितामा सहभागिता जनाउने पहिलो ४०० खेलाडीले टिएनएफको टी–सर्ट प्राप्त गर्नेछ । दौडमा सहभागी हुन एक हजार स्पैयाँ शुल्क तोकिएको छ ।

    प्रत्येक सहभागीले दौड पूरा गरेपछि सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई पाँच अमेरिकी डलर सहयोग गरिनेछ । उक्त रकम एभरेष्ट क्लिनअप परियोजनामा प्रयोग हुने बताइएको छ ।

    एलिट सहभागीलाई टी–सर्ट, रेस बिब, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट धावकलाई नगद पुरस्कार पनि दिइनेछ । पुरुष र महिला दुबैतर्फका विजेता, दोस्रो र तेस्रो हुनेले क्रमशः २००, १५० र १०० अमेरिकी डलर पाउनेछन् ।

    कार्यक्रम तालिकाअनुसार दिउँसो ३ बजेदेखि दर्ता सुरु हुनेछ भने साँझ ६ बजे ‘प्यानल डिस्कसन’ आयोजना गरिनेछ । राति ७ बजे ट्रेल रन सुरु हुनेछ ।



    heralokhabar heralokhabar    
  • ६ जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP